काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२ औं स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१ ४ को समापन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेका साथै नेपाली राजदुतावास दोहा कतारका द्धितिय सचिव नितेश सापकोटा, एनआरएनए आइसीसीका उपाध्यक्ष टी. बी. कार्की, महासचिव कुमार पन्त, मध्यपूर्व क्षेत्रीय उप–संयोजक पूर्ण के सी, संस्थापक उपाध्यक्ष देवकाजी डंगोल, सल्लाहकार नरेन्द्र भाट, आइसीसी सदस्यद्वय अमृत गुरुङ तथा उमेश अधिकारी, एनसीसी बहराइनका अध्यक्ष टंक बस्नेत, एनसीसी साउदी अरबियाका अध्यक्ष पुरुषोत्तम दास श्रेष्ठ लगायत एनसीसीकतारका संस्थापक, पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्थापना दिवसका अवसरमा संस्थाले आइसीसी संथापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष देवकाजी डंगोल, पुर्व आइसीसी सदस्य तथा कतार प्रतिनिधिहरु सागर नेपाल (संस्थापक), भिमप्रसाद पौडेल, अजिजुर रहमिान शेष, अध्यक्षहरु राजीव डंगोल (संस्थापक), बद्री प्रसाद पाण्डे, कमलमणी गुरागाँई, नरेन्द्र भाट तथा अमृत गुरुङ, पुर्व उपाध्यक्षहरु रविकान्त लाल (संस्थापक), सुजेन्द्र श्रेष्ठ (संथापक), दिलकिरण खजुम, गुरुनारायण रानभाट, पुर्व महासचिवहरु प्रज्ञान उदास (संस्थापक), सुधिर कुमार सिंह, राजेश दर्शन अर्याल, बिलबहादुर गुरुङ तथा क्रान्ति सिंह र संस्थापक सदस्य स्व. शिखर वैद्य (मरणेपरान्त) लाई सम्मान गरेको एनसीसी कतारका अध्यक्ष मक्सुद आलमले जानकारी दिए ।
भवनका लागि २० लाख संकलन
यसैवीच एनआरएन एनसीसी कतारले गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवनका लागि २० लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माणका लागि एनआरएन आईसीसीले १० लाख रुपैयाँको लक्ष्य दिएकोमा कतारले दोब्बर रकम संकलन गरेको हो ।
प्रतिक्रिया