वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक तथा वित्तीय संस्थाको वर्गिकरण हटाउने तयारी, सबैले बैंक लेख्न पाउने

अर्थटुडे
२०७१ पुष ३, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गिकरण हटाउने भएको छ । हाल चार तहमा बर्गीकरणमा रहेका बित्तीय संस्थाहरुलको बर्गीकरण हटाउने सबै वित्तीय संस्थाहरुले बैंक लेख्न पाउने व्यवस्था गर्न लागेको छ । सबैले बैंक लेख्न पाउने भएपछि बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई फाईदा पुग्ने देखिएको छ । विकास बैंक तथा फाइनान्स कम्पनीहरुले लामो समयदेखि यस्तो माग राख्दै आएका थिए ।

bank
हाल राष्ट्र बैंकले ‘क’ बर्गमा बाणिज्य बैंक, ‘ख’ बर्गमा बिकास बैंक, ‘ग’ बर्गमा फाईनान्स कम्पनी र ‘घ’ बर्गमा लघुवित्त बिकास बैंकहरुलाई राख्दै आएको छ । आफुभन्दा थोरै पुँजी भएको संस्थाले बैंक लेख्न पाउने तर आफुहरुले नपाउने व्यवस्थाले गर्दा मर्का परेको भन्दै विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले गुनासो गर्दै आएका थिए ।

पुँजीका आधारमा बैंक तथा वित्तीय संस्थाको वर्गिकरण भएपनि सबैका लघुवित्त विकास बैंकबाहेक सबैको काम एकै प्रकृतीको रहेको थियो । सबैले एकै काममा प्रतिस्पर्धा गर्दा सहरी क्षेत्रमा वित्तीय संस्थाको अस्वस्थ्व प्रतिस्पर्धा बढेको बैंकरहरु नै बताउछन् ।

बैंकिङ क्षेत्रलाई विश्वब्यापी संरचनामा लैजाने भन्दै राष्ट्र बैंकको अनुसन्धान बिभागले पुँजीका आधारमा मात्र वित्तीय संस्थाको वर्गिकरण गर्ने र सबैले बैंक लेख्न पाउने व्यवस्था गर्न लागेको हो । अन्य देशहरुमा साना बित्तीय कम्पनीहरुले पनि बैंक लेख्न पाउने प्रचलन रहेको बताईन्छ ।

बिकास बैंक र फाईनान्सहरुले बाणिज्य बैंकले जस्तै काम गर्न पाउनुपर्ने माग गर्दै आएको बेला राष्ट्र बैंकले नयाँ नीति ल्याउन लागेको हो । यसबाट अब फाईनान्स र बिकास बैंकहरुलाई बाणिज्य बैंक बन्नैपर्ने बाध्यता भने हट्ने संकेत देखिएको छ ।

राष्ट्र बैंकले बित्तीय क्षेत्रका ज्ञाताहरु यस विषयमा छलफल भइरहेको र यसलाई परिवर्तन गर्ने जनाउ दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ