वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्वकपले ततायो अर्थतन्त्र, २ करोडभन्दा बढी टिसर्टको कारोबार

अर्थटुडे
२०७१ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । शुक्रबारदेखि ब्राजिलमा विश्वकप फुटवल सुरु भएको छ । घरघरमा फुटवलको रौनक छ । नेपालले विश्वकप फुटवलमा भाग लिन नपाएपनि मानसिक रुपमा भाग लिइरहेको छ । यही कारण नेपालको अर्थतन्त्र समेत चलायमान भएको छ । jarcey

बजारमा फुटवल, जर्सी, टेलिभिजनलगायको व्यापार बढेको छ । यस पटक टिसर्टको मात्र २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको व्यापारीहरु बताउछन् ।
यस वर्ष ब्राजिलमा भइरहेको विश्वकपमा आ —आफ्नो रुची अनुसारको टिमको समर्थनमा टीसर्ट लगाएर हिड्नेहरुको सङख्या नेपालमा मात्र २ लाख पुगेको अनुमान गरिएको छ ।

लामो समयदेखि जर्सीको कारोबार गर्दै आएका न्युरोडका निरज रञ्जित भन्छन् यसपालीको विश्वकपमा अघिल्लो वर्षमा भन्दा धेरै टिसर्टको विक्रि भएको छ । एउटा टिसर्टको मूल्य ५ सय देखि ११ सयसम्म रहेको छ । उनी भन्छन् -औसतमा प्रति टिसर्ट एक हजार हुने हो भने टिसर्टबाट मात्र २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

विश्वकप भर्खरै सूरु भएको छ अझै ३२ दिन बाँकी नै छ विश्वकप सकिदा सम्म कति विक्रि हुन्छ त्यो भने हेर्न बाँकी नै छ । विश्वका ३२ देशहरुको सहभागिता भएको विश्वकप फुटवलको रौनले नेपालका विशेषगरी युवाहरुलाई छोएको छ । सन् २०१० मा विश्वकप हुदा करिव ५० हजारकोहारीमा टिसर्ट विक्रि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ