वि.सं. २०८१ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारभरी महंगी, राष्ट्र बैंक भन्छ मूल्य वृद्धि घट्यो

अर्थटुडे
२०७१ पुष ४, शुक्रबार

काठमाडौं । बजारमा नुनदेखि सुनसम्मको महंगीले उचाई छोएको छ । तर सरकारी प्रतिवेदनमा भने khadhynna घटेको देखिएको छ । राष्ट्र बैंकले विहिबार प्रकाशित गरेको प्रतिवेदन अनुसार मूल्य वृद्धिदर घटेको छ । चालु आर्थिक वर्षको कात्तिकमामूल्य वृद्धिदर ७.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको यसै अवधिमा मूल्य वृद्धिदर १० प्रतिशत कायम थियो ।

खाद्य र पेय पदार्थको मुल्यबृद्वीदर कम भएपनि समग्र मूल्य वृद्धिदर घटेको छ । यसैगरी तराईको तुलनमा पहाड र काठमाडौंको मूल्यवृद्वी अझ धेरै भएको छ । कात्तिकमा तराई र पहाडमा मुल्यवृद्वीदर ७.२ प्रतिशत रहेको छ भने काठमाडौं उपत्यकामा ७.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ