काठमाडौं । सहकारीको व्यवस्थापन कसरी गर्ने भन्ने बहस चलिरहेका बेला गर्भनर डा. युवराज खतिवडाले ठुला सहकारीलाई बैंकमा रुपान्तरण गर्न सकिने बताएका छन् । सहकारीहरुको कारोबार बैंकभन्दा बढी हुन थालेपछि त्यस्ता सहकारीहरु बैंकमा रुपान्तरण हुन चाहेमा राष्ट्र बैंकले छुट दिने उनले जनाउ दिए । यसैगरी ठुलो कारोबार गर्ने सहकारीको राष्ट्र बैंकले गर्नु परेमा पनि आफुहरु तयार रहेको उनले बताए । पछिल्लो समयमा ठुलो कारोबार सहकारीमार्फत हुने र यो क्षेत्र सरकारी नियमनबाहिर रहेको भन्दै राष्ट्र बैंकले चासो देखाउदै आएको छ ।
शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २३ औं साधारणसभामा बोल्दै गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबै नियमनकारी एकजुट हुनुपर्ने बताए । नियमनकारी निकायको तर्दथ समिति समेत बनेको र त्यसलाई बलियो कानुन निर्माण गर्न आवश्यक भएको उनको भनाई थियो । सहकारीका दुईतीनवटा मस्यौदा निर्माण भएको र अब कस्तो कानुन बनाउने भन्ने छलफलसमेत भइरहेको उनको भनाई थियो । केन्द्रिय बैंकले जोखिममा आधारित प्रणालीमा सहयोग गर्न सक्ने बताए ।
कानुनीरुपमा बलियो संरचना नहुँदा अनुगमनमा कठिनाई हुने भएकाले त्यसतर्फ सजग हुनुपर्ने खतिवडाको भनाई थियो । नेफ्स्कुनले आफ्ना सदस्य सहकारी अनुगमन गर्न चाहेमा कानुनीरुपमा बलियो हुन समेत सुझाव दिए ।
प्रतिक्रिया