वि.सं. २०८१ माघ २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी लगानी नीति–२०७१’ मन्त्रिपरिषदमा पेस

अर्थटुडे
२०७१ पुष ४, शुक्रबार

काठमाडौं । उद्योग मन्त्रालयले ‘विदेशी लगानी नीति–२०७१’ मन्त्रिपरिषदमा पेस गरेको छ । नयाँ नीतिले २२ वर्ष पुरानो नीति, विदेशी लगानी र एकद्वार नीति, २०४९ लाई विस्थापित गर्ने छ ।

vignette
उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योेगिक क्रान्तिको जग बसाल्नुका साथै नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागेको बताए।

‘निकै समयदेखि विदेशी लगानीकर्ता र नीजी क्षेत्रले नयाँ विदेशी नीतिको माग गरेको अवस्था थियो । अहिले उद्योगमन्त्रालयमा नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताको चाप र विदेशी लगानी उभिवृद्धि गर्नुपर्छ भन्ने मन्त्रालयको मान्यताका कारण यो नीति तिव्र गतिमा आएको हो’–उद्योगमन्त्री महेश बस्नेतले भने ।

मन्त्रालयका निमित्त सचिव महेश्वर न्यौपानेले विभिन्न १३ वटा सरकारी निकाय र सरोकारवाला मन्त्रालयको राय तथा नीजि क्षेत्र, विदेशी लगानीकर्तासँग छलफल गरी नीतिलाई अन्तिमरुप दिई मन्त्रीपरिषदमा पठाइएको जानकारी दिए ।

यसैबीच उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यले नेपालमा रोजगारीको सिर्जनाका लागि वैदेशीक लगानी आवश्यक रहेको बताउदैँ–‘यस नीतिले नेपालमा वैदेशीक लगानी भित्र्याउन अवसर प्रदान गर्छ । यो नीति जति सक्दो छिटो लागु गर्ने गरी आउनुपर्छ, विगतको जस्तो कुनै विलम्ब हुँनुहुँदैन’ भने ।

चेम्बरअफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै समयदेखि वैदेशिक लगानीको क्षेत्रमा रोकिएका कामहरुको सुरुवात गर्न अवस्था नयाँ नीति आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ विदेश लागानी नीति विदेशी लगानीकर्ताको मात्र नभई स्वदेशि लगानीकर्ताको समेत हितमा रहेको धारणा व्यक्त गरे ।

‘अबदेखि लागनी गर्न आउनेलाई एकद्वार (वान विन्डो)मार्फत सेवा प्रदान हुने हुँदा एक हप्तामा लाइसेन्स र १५ दिनमा काम सञ्चालनको अवस्था आउनेछ । विदेशी लगानीकर्तालाई रातो कार्पेटमा स्वागत गर्ने वातावरण बनोस् । हामी उद्योगीले सकारात्मक वातावरणको अपेक्षा गरेका छौँ’ –अध्यक्ष श्रेष्ठले  भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ