वि.सं. २०८१ कार्तिक २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहमतिमा नभए प्रक्रियामा गएर संविधान जारी गर्नुपर्छ—वरिष्ठ नेता खनाल

अर्थटुडे
२०७१ पुष ४, शुक्रबार

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रक्रियामा गएर संविधान जारी गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्र्तरक्रियामा बोल्दै उनले सर्वसहमतिमा संविधान जारी हुन नसक्ने दावी गर्दै प्रक्रियामा गएर माघ ८ गते नै संविधान जारी गर्ने बताए । jhalanath
अब पनि सहमतिको प्रयास गर्नु भनेको समयको दुरुपयोग गर्नु हो ,विधान सभामा संघियता विरोधिपनि छन् र संघियता चाहिन्छ भन्नेहरु पनि छन् सवैको मतको सम्मान गर्नेपर्छ यस्तो अवस्थामा कसरी सर्वसहमतिमा संविधान जारी हुन्छ ? उनले भने

उनले एमाओवादीलगाएतका दलहरुले सर्वसहमतिमा संविधान जारी नगरे रोक्छौँ भनेर भनेको अभिव्यत्ति धाक–धम्कीका लागि मात्र भएको स्पष्ट पारे ।
‘प्रक्रियामा गएर संविधान जारी गरे रोक्छौँ भनेर केही दलले धाक–धम्की दिने गरेका छन् उनले भने, ‘वन्दुक पट्काउँदै गाउँगाउँ दगुर्दा त जनता डराएनन्, अब त्यस्ता धम्कीले कोही डराउँनेवाला छैनन् ।’

दलहरु मिले माघ ८ मै संविधान जारी हुने उनको तर्क थियो । उनले माघ ८ मा संविधान जारी गर्न निक्कै चुनौति भएको भन्दै चुनौतिका तालुमा टेकेर संविधान जारी गरि छाड्ने दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ