वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ईन्भेष्टमेन्ट बैंकका सिईओ ज्योती पाण्डेको जवाफ

अर्थटुडे
२०७१ पुष ६, आईतवार

इन्भेष्टमेन्ट बैंकको बत्तिसपुतली शाखाका कर्मचारीले गरेको दुव्र्यवहारबारे खुल्ला पत्र लेखेका सागर प्रसाईलाई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योती पाण्डेले माफी मागेका छन् । प्रसाईलाई एसएमएस मार्फत र कर्मचारीमार्फत माफी मागेर आगामी दिनमा गल्ती नदो¥याउने र बैंकमा अपांगता भएका व्यक्ति र बृद्ववृद्वालाई विषेश सुविधा दिने बताएका छन् ।

sagar prasaiमैले हिजो लेखेको खुल्ला पत्र पढेर आज बिहानै ईन्भेष्टमेन्ट बैंकका सिईओ श्री ज्योति पाण्डेले मलाई एस.एम्.एस गरेर भन्नुभयो- “प्रिय सागर जी, हिजो तपाईलाई जे भयो, त्यसको लागी म एकदमै दुखी छु र तपाई सँग माफी माग्न चाहन्छु। खास किन यस्तो भयो भनेर हामीले अान्तरिक छानबिन गरिरहेका छौँ। हाम्रो बैंकमा यस्तो कहिले पनि भएको थिएन भनेर म यहाँलाई विश्वास दिलाउन चाहन्छु। हामी अपाङ्गता व्यक्तिहरू र जेष्ठ नागरीकहरूलाई विशेष सुविधा दिने गरेका छौँ। बत्तिसपुतली ब्रान्चका मेरा मेनेजरले यहाँलाई सम्पर्क गर्नेछन्।”


त्यसपछिबत्तिसपुतली ब्रान्चका कार्यवाहक मेनेजरले मलाई फोन गरेर भन्नुभयो- सागर जी, हामी यहाँलाई भेट्न आउछौँ, कहाँ आउँ ?”


मैले मेरो अफिसको ठेगाना दिएँ। त्यसपछि वहाँ मलाई भेट्न आईपुग्ननु भयो। सबै कुरा फेरी एकपल्ट सरु देखी सुन्नुभयो र टिपोट गर्नुभयो। मैले वहाँलाई यो विश्वस्त गरेँ कि- यो मेरो एउटा व्यक्तिगत केसको लागी मैले लेखेको पत्र हैन। मेरो आशय भनेको- अपाङ्गता भएका व्यक्तिहरू माथि ईन्भेष्टमेन्ट बैकका सबै शाखामा असल व्यवहार होस्। वहाँले सबै कुरा बुझेर फर्कने बेलामा- सिईओको तर्फ बाट र आफ्नो तर्फबाट माफी माग्दै- अब आईन्दा यस्तो कहिल्यै नहुने र बैंक सबै तहका स्टाफलाई यस बारे सचेत गराउने बारे बताउदै- त्यसतो कुरा खुलाईएको ईमेल समेत सबै शाखा कार्यालयमा गईसकेको बताउनुभयो। 


अनि बल्ल मेरो मनबाट हिजो को पिडा शान्त भयो। मलाई ईन्भेष्टमेन्ट बैंक र यसका स्टाफहरू प्रति कुनै पनि गुनासो थिएन र छैन पनि। आपत्ति त कामको प्रेसर भयो भनेर ग्राहक सँग गरिएको व्यवहार सँग थियो। जे होस्, मैले दुई कुरा लेखेर, एउटा प्रमुख बैंकको सिस्टम थोरै भएपनि परिवर्तन हुन्छ र कम से कम सो बैंक सोचमा भएपनि अपाङ्गमैत्री हुन्छ भने- त्यो कुरा अधिकारको लागी हरदम बोल्ने र लेख्ने म जस्तो एउटा साधारण मान्छेको लागी- ठुलो उपलब्धि हो, जित हो। 


तर यो जित ईन्भेष्मेन्ट बैंकका सिईओ, सिनियर अफिसियल र अन्य सबै मेरो साथीहरूको सहयोग बिना सम्भव थिएन। त्यस कारण सबै जनालाई अपाङ्गता भएका व्यक्तिहरूको जिवनलाई केहि हद सम्म भएपनि सहज बनाउनको लागी भएको अभियानमा मद्दत गर्नुभएकोमा मेरो अन्तरमनबाट धन्यवाद।


यहाँ सबै परिवर्तनका सम्बाहक हुनुहुन्छ किनभने मेरो लागी- परिवर्तन भनेको ठुला ठूला कुराहरू होईन, बरू साना साना कामहरू हुन्।

नेपाल ईन्भेष्टमेन्ट बैकका सिईओलाई खुला पत्र

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ