काठमाडौं । प्रभु बैंकले काठमाडौंको सुन्धारमा नयाँ शाखा सुरु गरेको छ । बैंकले साविकको जेनिथ फाईनान्सको न्यरोडस्थित प्रधान कार्यालयलाई स्थान्तरण गरी सुन्धारामा शाखा खोलेको हो । आईतबार बैंक संचालक कुसुम लामाले शाखाको उद्घाटन गरिन् ।
किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेण्ट बैंक र जेनिथ फाइनान्स मर्जर हुदा काठमाडौं उपत्यकाभित्र ५ र काठमाण्डौं उपत्यका बाहिर १९ गरि जम्मा २४ स्थानमा शाखा कार्यालयहरु दोहोरिका छन् । यी शाखाहरुलाई राष्ट्र बैंकको स्विकृतीमा क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले जनाएको छ ।
प्रतिक्रिया