काठमाडौं । सानिमा बैंकले ललितपुर सातदोबाटोमा शाखा कार्यालय खोलेको छ । आईतबार कलाकार तथा बैंकका ब्य्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै बैंकका सञ्चालकहरुले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
यो सहित बैंकको कुल शाखा संजाल ३७ वटा पुगेको छ ।
कार्यक्रममा बोल्दै कलाकारद्वयले बैंक शाखालाई सफलताको शुभकामना दिएका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उत्कृष्ट सेवा दिने प्रतिवद्वता गरे ।
प्रतिक्रिया