वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमेको सेयर बिक्रीमा संलग्न ज्योती बैंकका ६ कर्मचारी पक्राउ

अर्थटुडे
२०७१ पुष ६, आईतवार

काठमाडौं । नक्कली बैंक खाता खोलेर चिलिमे जलविद्युत कम्पनीको सेयर बिक्रीमा संलग्न रकेका ज्योति विकास बैंकका ६ कर्मचारी र एक रसुवाबासीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

chilime hydro
पक्राउ पर्नेमा ज्योति बिकास बैंकका कर्मचारीहरु सिरहा विष्णपुरकट्टि ५ कि सुमित्रा लम्साल, ललितपुर ८ कि अनिता महर्जन, महोत्तरी बर्दिवास ७ का नोचननिधि दाहाल, रौतहट लदिमानिया कि विनिता उप्रेती, विराटनगर ७ कि बबिता खतिवडा र काभ्रे कोलेनी भुल्भु १ का दावा छिरिङग लामा छन् । सोही अभियोगमा रसुवा सानु हाकुका दिनेश तामाङ पनि पक्राउ परेका छन् ।

उनकै सक्रियतामा रसुवाबाट सर्वसाधरणको नागरिकता संकलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पछि उनैले बैकका कर्मचारीहरुसँग सम्पर्क गरी नक्कली खाता खोली शेयर बेचेर रकम हिनामिना गरेका थिए । उनीहरुले यसबाट करिव ८० लाख हिनामिना गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ