वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा पहिलो पुनर्बिमा कम्पनीको कारोबार सुरु

अर्थटुडे
२०७१ पुष ७, सोमबार

काठमाडौं । मुलुककै पहिलो नेपाल पुनर्बिमा कम्पनीले कारोबार सुरु गरेको छ । मन्त्रिपरिषद्ले गत साउन २२ गतेकोे निर्णयबमोजिम पुनर्बिमा कम्पनी दर्ता गरी सञ्चालनका लागि थप आवश्यक काम भइरहेको नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश लम्सालले बताए । कम्पनीले कारोबारका लागि आईतबार बिमा समितिबाट अनुमति पाएको छ ।

resurence
मुलुकमा पहिलो पटक पुनर्बिमा कम्पनी सञ्चालन हुने क्रममा रहे पनि बिमा कम्पनीहरूले हरेक आर्थिक वर्षको सुरुमै पुनर्बिमा नवीकरण गर्ने भएकाले यो वर्ष व्यापारिक योजना, ऐन, निर्देशिकालगायतका विषयमा काम गरिने उनले बताए ।
हाल १७ वटा निर्जीवन बिमा कम्पनी ‘स्टेकहोल्डर’ रहेको बताउँदै लम्सालले भने हाललाई निर्जीवन बिमा कम्पनीले पुनर्बिमा गर्न पाउने व्यवस्था छ । ९ वटा जीवन बिमा कम्पनीका लागि १८ प्रतिशत सेयर छुट्ट्याइएको उनले बताए ।

नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४५ प्रतिशत र बिमा कम्पनीको ५५ प्रतिशत सेयर स्वामित्व छ । अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ३ अर्ब र तत्काल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

विदेशी पुनर्बिमा कम्पनीमार्फत काम गर्दा बिमा समिति र नेपाल राष्ट्र बंैकबाट अनुमति लिनुपर्ने प्रावधानलगायत प्रक्रियाका कारण व्यवसायीले भोग्दै आएका समस्या कम हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ