वि.सं. २०८१ कार्तिक २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ लघुवित्त बैंक खोल्नको भिड, राष्ट्र बैंकमा ४ दर्जनको आवेदन

अर्थटुडे
२०७१ पुष ८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द गरेपछि बैंक तथा वित्तीय संस्था खोल्न चाहानेहरु लघुवित्त बैंकतर्फ आकर्षित भएका छन् । नयाँ लघुवित्त विकास बैंक खोल्नका लागि राष्ट्र बैंकमा करिव ४ दर्जन आवेदन परेका छन् । २३ वटा लघुवित्त कारोबार गरिरहेका गैरसरकारी संस्थाले बैंकमा स्तरउन्नती हुन र २० वटा नयाँ लघुवित्त विकास बैंकको लाइसेन्सका लागि निवेदन परेको छ ।

nepal rastra bank
राष्ट्र बैंकका अनुसार अन्य वर्गका संस्थाको लाइसेन्स बन्द भएपछि लघुवित्त खोल्न चाहनेको संख्या बढेको हो । राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले १ देखि ३ जिल्ला कार्यक्षेत्र बनाएर लघुवित्त संस्था खोल्न चाहानेहरु धेरै भएको जानकारी दिए ।

घ वर्गमा पर्ने लघुवित्त विकास बैंकले अन्य वर्गजस्तै बैंकिङ कारोबार गर्न पाउँछन् । बचत लिने, ऋण दिने कारोबारसहित लघुवित्तले अन्य वर्गका वित्तीय संस्थासँगै विदेशी संघ–संस्थाबाट ऋण लिएर कर्जा दिन सक्छन् । न्यून आय भएकालाई बिनाधितो कर्जा उपलब्ध गराउने काम पनि यस्ता संस्थाबाट हुन्छ ।

हाल ३७ लघु वित्त विकास बैंक सञ्चालनमा छन् । यिनीहरुको १ देखि ३ जिल्लामा लघुवित्त विकास बैंक सञ्चालन गर्न १ करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्छ । ४ देखि १० जिल्लालाई २ करोड, विकास क्षेत्रभित्र सञ्चालन हुने क्षेत्रीयस्तरकालाई ६ करोड र राष्ट्रिय स्तरकोलाई १० करोड चुक्ता पुँजी तोकिएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले गैरसरकारी संस्थालाई लघुवित्तमा रूपान्तरण गर्न १ वर्षको समय दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ