काठमाडौं । नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुन मंगलबार ६ सय रुपैयाँ सस्तो भएको छ । गत शुक्रबारदेखि प्रतितोला ५२ हजार रुपैयाँ कायम सुन सोमबार घटेर प्रतितोला ५१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी मंगलबार चाँदी पनि १० रुपैयाँ घटेर प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरकेको छ । अन्तर्राष्ट्रिय बजार ओरालो लागेपनि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
प्रतिक्रिया