वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई समुहले किन्यो एनबी इस्योरेन्स, फागुनभित्र नयाँ नाममा संचालन हुने

अर्थटुडे
२०७१ पुष ८, मंगलवार

काठमाडौं । आईएमई समुहले समस्याग्रस्त एनबी इस्योरेन्सको सेयर किनेको छ । १४ करोड चुक्तापुँजी रहेको इस्योरेन्सको संस्थापक सेयरमध्ये ५७ प्रतिशत आईएमई समुहले किनेको हो । सेयर प्रतिकित्ता ८१ रुपैयाँ ५० पैसामा किनेको बताइएको छ । एनबीको सेयरसँगै आईएमई समुहले इस्योरेन्स क्षेत्रमा पनि पनि हात हालको छ । हाल सेयर नामसारी भइरहेको र फागुनभित्र साधारणसभा गरी नयाँ नामबाट कम्पनी संचालन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

NB_insurance_logo
अब कम्पनीमा १० प्रतिशत सेयर भने एनबी समूहका लक्षमीबहादुर र जीतबहादुर श्रेष्ठसँग र २० प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी छ ।

यसैगरी कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना बनाएको छ । हकप्रद जारी भएपछि कम्पनीको पुँजी बीमा समितिले तोकेको भन्दा बढी हुनेछ । हाल निर्जीवन बीमा कम्पनीको न्यूनतम पूँजी २५ करोड हुनुपर्ने नियम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ