काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार पनि ८ अंकले घटेको छ । कारोबार भएका अधिकांश कम्पनीको मूल्य घटेपछि समग्र बजार परिसुचकमा असर परेको हो । राजनीतिक असहमति बढ्दै जादा लगानीकर्ताको विश्वास गुमेकाले केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरेहेको छ ।
मंगलबार नेप्से ८.२३ अंकले घटेर ८७७.२१ अंकमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेर १६ करोड रुपैयाँ सेयर किनबेच भएको छ ।
नेप्से परिसुचक सगै मंगलबार सबै समुहगत परिसुचक पनि ओरालो लागेको छ । सबैभन्दा बढी बिमा कम्पनी समूह ५७ अंकले घटेको छ ।
प्रतिक्रिया