काठमाडौं । नेपाल बैंकमा नयाँ संचालक समिति गठन भएको छ । बैंकको मंसिर २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित र सरकारबाट मनोनित गरेर संचालक समितिले पूर्णता पाएको हो ।
नव गठित सञ्चालक समितिमा तीन जना सरकारलेबाट मनोनित र दुई जना सर्वसाधारण सेयरधनीबाट निर्वाचित भएका हुन । सरकारले बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव मधुसुदन पोखरेल र संचालकहरुमा जनार्दन शर्मा आचार्य तथा डा. डम्वर बहादुर भण्डारीलाई मनोनित गरेको हो । यसैगरी साधारण सेयरधनीबाट निश्चल प्रधान तथा सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका थिए । नयाँ संचालक समितिले सोमबार पदभार तथा शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।
नेपाल बैंकलाई राष्ट्र बैंकले ०५८ चैत्र १ देखि व्यवस्थापन लिएको थियो । मंसिरमा विषेश साधारणसभा गराएर राष्ट्र बैंक नेपाल बैंक व्यवस्थानबाट बाहिरिएको हो ।
प्रतिक्रिया