काठमाडौं । हिमालयन बैंकको साधारणसभाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । उक्त लाभांसमध्ये १५ प्रतिशत बोनस सेयर र ६.०५२६ प्रतिशत नगद लाभांश रहेको छ । बोनस सेयरको वितरणपछि बैंकको पुँजी ३ अर्व ३३ करोड २७ लाख पुग्नेछ ।
यसैगरी साधारणसभाबाट रिक्त संचालकमासुरेन्द्र सिलवाल सर्वसम्मतिले चयन भएका छन् ।
बैंकले चालु आर्थिक वर्षभित्र ५ स्थानमा नयाँ शाखा ६ स्थानमा एटीएम काउन्टरका साथै मलेसियामा बैंकिङ काउन्टर खोल्ने अध्यक्ष मनोज बहादुर श्रेष्ठले जानकारी दिए ।
बैंकले हालसम्म ६४ अर्व ६७ करोड निक्षेप संकलन गरी ४६ अर्व ४५ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया