वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक सहमतिको सम्भावनाले सेयर बजारमा सुधार, नेप्से इन्डेक्स र कारोबार रकम बढ्यो

अर्थटुडे
२०७१ पुष १३, आईतवार

काठमाडौं । राजनीतिक दलहरुबिच सहमतिको सम्भावना बढ्दै गएपछि केही दिनदेखि ओरालो लागेको सेयर बजारमा सुधार देखिएको छ । गत साता ९ अंकले ओर्लिएको बजार साताको पहिलो दिन आईतबार नै १६ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै लगातार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स १५.९२ अंकले बढेर ९०३.७२ अंकमा पुगेको छ । नेप्से परिसुचकसँगै आईतबार कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ ।

chart (2)
नेप्से परिसुचकसँगै आईतबार उत्पादनमुलकबाहेकका सबै समूहगत परिसुचक पनि बढेका छन । सबैभन्दा बढी इस्योरेन्स समुह ५४ अंकले बढेको छ ।

आईतबार कारोबार रकममा पनि बढेको हो । अघिल्लो साताको अन्तिम दिनको कारोबारको तुलनामा दोब्बर भई ३० करोड ६६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । नेपाल लाईफको ठूलो मात्रामा संस्थापक शेयर खरिद बिक्री भएर त्यसले कारोबार रकम बढेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ