वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्धन उत्थान बैंकका लगानीकर्ताले पाए ५०% प्रतिफल

अर्थटुडे
२०७१ पुष १४, सोमबार

काठमाडौं । निर्धन उत्थान बैंकका लगानीकर्ताले आर्थिक वर्ष ०७० ७१ नाफाबाट ५० प्रतिशत प्रतिफल पाएका छन् । उक्त प्रतिफलमध्ये ४० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस रहेको छ ।

nirdhan uthan
बैंकको साधारणसभाले लाभांसहित बैंकको वित्तीय विवरण समेत पारित गरेको छ । गत आवमा बैंकले २० करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । हाल २४ करोड रुपैयाँ पुँजी आएको बैंकको लाभांस वितरणपछि पुँजी ३३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रियस्तरमा लघुवित्त कारोबार गर्दै आएको बैंकले १ सय ५१ शाखा र १० हजार ९२ केन्द्रबाट लघुवित्त सेवा दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ