काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको ११ औं जुत्ता प्रदर्शनीमा दर्शकको भिड लागेको छ । प्रदर्शनीको आयोजना छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो भने सह आयोजकमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रहेको छ । जसकारण मेलाको नारा एकसाथ स्वदेशी बुट स्वदेशी सुट रहेको छ ।
प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टको स्टल रहेको छ । आईतबारसम्म प्रदर्शनीमा करिब ६५ हजारले अवलोकन गरिसकेका छन् । आइतबार एकै दिनमा करिब १५ हजारले अवलोकन गरेका छन् । प्रदर्शनीलाई सर्वसाधारण देखि पुर्व प्रधानमन्त्री समेतले अवलोकन गरेका छन् ।
मेलामा कुल १८० स्टल रहेकोमा कपडा तथा सिलाई व्यवसायीको ५० स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ ।
प्रदर्शनीमा करिव १ लाख ५० हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने तथो करिब १० करोडको काराबार हुने अपेक्षा आयोजकले लिएको छ । मेलाको अघिल्लो संस्करण भने राष्टिय सभा गृहमा हुने गरेको थियो । यो मेला पौष १५ गतेसम्म हुनेछ ।
प्रतिक्रिया