वि.सं. २०८१ कार्तिक १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकले ल्यायो सात वर्षे ऋणपत्र, ७.५ प्रतिशत व्याजदर

अर्थटुडे
२०७१ पुष १४, सोमबार

काठमाडौं । सिद्धार्थ बैंकले ७.५ प्रतिशत व्याजदर रहेको एसबिएल जारी गरेको छ । ५० करोड रुपैयाँ बराबरको डिबेन्चर प्रति कित्ता एक हजार दरको रहेको छ ।
यही पुस २३ गतेदेखि पुस २७ गतेसम्म बिक्री हुने ऋण पत्रमा आबेदन गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ कित्ताका लागि रकम जम्मा गरी आबेदन पत्र भर्नुपर्ने भएको छ ।

nb
डिबेन्चरको ५० करोड मध्ये २ करोड ५० लाख रुपैयाँ अर्थात २५ हजार कित्ता सामुहिक लगानी कोष, ३७ करोड ५० लाख बराबर रकमको ब्यक्तिगत तवरले बिक्री गरिने र बांकी १० करोड बराबरको ऋण पत्र सर्वसाधारणमा जारी गरिने कम्पनीले जनाएको छ । ब्यक्तिगत रुपमा बिक्री गरिने ऋण पत्र बिक्री नभएमा सर्वसाधारणले र सर्वसाधारणमा जारी ऋण पत्र बिक्री नभए ब्यक्तिगत रुपमा खरिद गर्न चाहनेले पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ