वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे ७ प्रतिशत व्याजमा ऋण लिएर घर बनाउनुहोस्

अर्थटुडे
२०७१ पुष १५, मंगलवार

काठमाडौं । बैंकबाट ऋण लिएर घर बनाउने विचारमा हुनुहुन्छ भने उपयुक्त समय आएको छ । बैंकहरुले यतिवेला व्याजदर घटाएर सस्तोमा घर निर्माणका लागि लगानी गर्न थालेका छन् । अहिले बैंकहरुले साढे ७ प्रतिशत ब्याजदरमै ‘आवास’ कर्जा दिन थालेका छन् । मासिक किस्ता तिर्न सक्ने निश्चित आम्दानी भएकाहरुले आवास निर्माणमा कर्जा दिन थालेका हुन् । अझ बैंकहरुले निश्चित अवधिसम्म व्याजदर परिवर्तन नहुने गरी ‘फिस्ड’ व्याजदरमा समेत लगानी गरिरहेका छन् ।

home_loan
संचालनमा रहेका अधिकांश बैंकहरुले अहिले आवास कर्जा दिने गरेका छन् । त्यसमध्ये अहिले सबैभन्दा सस्तो आवास कर्जा प्रभु बैंकको रहेको छ । बैंकले ७.४९ प्रतिशत व्याजदरमा घर निर्माणका लागि ऋण दिन्छ । यस्तै स्टयान्र्डर्ड चार्टर्ड बैंकले ७.५० प्रतिशत लिइरहेको छ । यसबाहेक अधिकाशं बैंकहरुको घर निर्माणका लागि दिने कर्जाको व्याजदर १२ प्रतिशत भन्दा कम छ ।

कसरी पाइन्छ ऋण ?
बैंकहरुले घर निर्माणका लागि घर बन्ने जग्गा र घरको धितो राखेर लगानी गर्छन् । घरको नक्सा र जग्गाको मुल्यांकन गरी त्यसमा ७० प्रतिशतसम्म लगानी गर्छन् भने बाकी ऋणीले नै लगानी गर्नपर्छ । यस कर्जाका लागि बैंकहरुले ऋणीको मासिक किस्ता तिर्नसक्ने आम्दानीको आधार भने खोज्छन् ।

बैंकहरुले घरको नक्सा पास र ग्राहकको आम्दानी देखाउने कागजात भएपछि कर्जा दिने गरेका छन् । यस सेवामा बैंकहरुले घर निर्माण हुदै गर्दा कर्जा दिने भएकाले किस्तामा ऋण दिन्छन् । जसले गर्दा उदेश्यबाहिर ऋण लगानी हुन पाउदैन ।

कम जोखिम
आवास कर्जामा अन्य क्षेत्रको तुलनामा कम जोखिम भएकाले व्याजदर घटाएर लगानी गरेको बैंकहरु बताउँछन् । “एउटा मानिसले आफु बसेको घर लिलामी हुन अन्तिम अवस्थासम्म दिदैन” एक बैंकरले भने, “त्यसैले यो कर्जामा जोखिम कम हुन्छ”

५ वर्षअघि घरजग्गा क्षेत्रका भएको अत्याधिक लगानीले बैंकिङ क्षेत्रमा नै समस्या आएको थियो । त्यसपछि केन्द्रीय बैंकले कुल लगानीको २५ प्रतिशत मात्र यस क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । व्यक्तिगत आवास बनाउनका लागि १ करोड रुपैयाँसम्म ऋण लगानी गर्दा भने छुट्टै शिर्षक अन्र्तगतमा राख्न पाउने सुविधा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ