काठमाडौं । बुधबारदेखि लागु हुने गरी दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको मुल्य बढेको छ । डिडिसीले प्रतिलिटर ८ रुपैयाँदेखि १० रुपैयाँसम्म बढेको छ । डिडिसीले निलो प्याकेटको स्टान्डर्ड दुधको मूल्य ८ रुपैयाँ बढाएको छ भने हरियो प्याकेटको दूधको मूल्य १० रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।
यसअघि निलो प्याकेटको स्टान्डर्ड दुधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर थियो भने हरियो प्याकेटको दुधको मुल्य ७० रुपैयाँ रहेको थियो । यस्तै संस्थानले गाईको दुधको मूल्य पनि लिटरमा आठ रुपैयाँले नै बढाएको छ । यसअघि लिटरको ६४ पर्ने गाईको दुधको मूल्य अब भने लिटरको ७२ पर्छ ।
डिडिसीले मूल्य बढाएसँगै अब उपभोक्ताले निलो प्याकेटयुक्त दुध किन्दा ३२ रुपैयाँ र हरियो प्याकेट युक्त दुध किन्दा ४० रुपैयाँ तिर्नुपर्छ। यसअघि निलो प्याकेटयुक्त दुधलाई २८ र हरियो प्याकेटयुक्त दुधलाई ३५ रुपैयाँ पर्नेथियो ।
प्रतिक्रिया