काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले भाखा नाघेका ऋणीहरुलाई ऋण तिर्दा आकर्षक छुट दिने भएको छ । पुरानो ऋण उठाउका लागि बैंकले निश्चित रकम ऋण लिएकाहरुको साँवा मात्रै बुझाए पुग्ने अवसर दिएको छ ।
बैंकले मंगलबार सूचना जारी गरी बैंकबाट २०६३ चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरुलाई १० देखि ९० प्रतिशतसम्म ब्याज छुटको दिएको छ ।
सुचनामा ऋणीहरुले ५० हजार रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र बीमा तथा अन्य दस्तुर भएमा सो रकम मात्र बुझाउनुपर्ने छ । यस्तै, ५० हजारदेखि माथि १ लाख रुपैयाँसम्मको कर्जामा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा १० प्रतिशतले हुन आउने रकम, १ लाखदेखि माथि ५ लाख रुपैयाँसम्मको कर्जामा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ३० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सोसमेत बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यसैगरी, ५ लाखदेखि माथि १० लाख सम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ५० प्रतिशतले हुन आउने रकम, १० लाखदेखि माथि २० लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ७० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सो समेत बुझाउनुपर्ने बैंकले जनाएको छ ।
पुरानो कर्जा उठाउनका लागि बाणिज्य बैंकले यो योजना अघि सारेको हो ।
प्रतिक्रिया