वि.सं. २०८२ बैशाख ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैशाखदेखि सामान किन्न जाँदा आफै झोला लैजानुहोस्

अर्थटुडे
२०७१ पुष १६, बुधबार

Plastic Bagकाठमाडौं । बैंशाखदेखि तपाई किनमेलमा जाँदा आफै झोला बोकेर जानुपर्छ । अहिलेजस्तो किनेमेल गरेर व्यापारीले दिने प्लास्टिकको झोला हुनेछैन । कि तपाईले आफैले झोला लिएर जानुपर्छ या व्यापारीसँग पैसा तिरेर कपडाको झोला किन्नुपर्छ । लामो तयारीपछि काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारी भइरहेका छ । बैंशाखदेखि उपत्यकामा प्लास्टिक व्याग प्रयोग गर्न पाइदैन ।

संसदको वातावरण संरक्षण समितिले काठमाडौंलाई प्लास्टिक झोलामुक्त घोषणा गर्न सरकारलाई निर्देशन दिइसकेको छ । सरकारले पनि १ गतेदेखि लागु गर्नेगरी तयारी थालेको छ ।

यसअघि पाल्पाको तानसेन नगरपालिका लगायत विभिन्न नगर क्षेत्रलाई स्थानीय प्रशासनले प्लास्टिक झोलामुक्त घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ