वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ प्रतिशत व्याजदरको कृषि कर्जा सबै उमेरकाले पाउने

अर्थटुडे
२०७१ पुष १६, बुधबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसार ६ प्रतिशत व्याजदरमा कृषकलाई दिने कर्जा सबै उमेरकाले पाउने भएका छन् । सरकारले युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि यो कर्जा २१ देखि ४५ वर्ष समुहकालाई मात्र यो कर्जा दिने बताएपनि अन्तिम समयमा आएर उमेरका हदबन्दी हटाइएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाएकोमा मन्त्रालयले स्विकृत गरेको छ ।

nepal-vegetable-farming-bigकार्यविधिमा काम गर्न सक्ने कृषक भनेर तोकिए पनि उमेर हद नतोकिने भए पछि कृषकहरुलाई ऋण लिन सहज हुनेछ । अर्काेतर्फ कृषकको आफ्नो कृषि योजना भने ऋण लिएपछि सरकारी धितोमै रहनेछ । जे उद्देश्यका लागि ऋण लिइएको हो, त्यो उद्देश्यको अनुगमन पनि माथिल्लो निकायबाट निरन्तर भइरहनेछ । त्यस्तै पछि व्याजसहित छिटो सावाँ बुझाउँदै जाने कृषकले व्याजमा विशेष छुट पनि लिन पाउने भएका छन् ।

आव २०७१\७२ को बजेटले नै युवा कृषकका लागि ऋण दिनका लागि बजेट बिनियोजन गरेको छ । सो बजेटमा १ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ भने आगामी वर्षहरुमा यो रकम बढाइँदै लगिने प्रतिबद्धता जनाइएको छ ।

योजना अन्र्तगत नगदेबाली तथा तरकारी खेती, फलफूल खेती, बाख्रापालन, गाईभैंसी पालन, कुखुरा फार्म, माछा पालन लगायत कामका लागि कृषकलाई सरकारले योजना धितोमा राखेर ऋण दिन लागेको हो ।

योजनाअन्र्तगत कृषकले बार्षिक ६ प्रतिशत व्याजमै कृषि कर्जा पाउनेछन् । बैंकलाई थप अपुग व्याज भने सरकारले तिर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ