काठमाडौं । मसास्लु विकास बैंकले तीन लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १७ गतेसम्म बैंकको सेयर किनेका लगानीकर्ताले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर पाउनेछन् । माघ ४ गतेदेखि बिक्री खुल्ला हुने हकप्रदका लागि लगानीकर्ताले फागुन १० गतेसम्म आवेदन गर्न पाउनेछन् ।
हाल १२ करोड रुपयाँ पुँजी रहेको बैंकको हकप्रद बिक्री पनि पुँजी १५ करोड रुपैयाँ पुग्नेछ । गोरखामा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र गोरखा, चितवन र तनहुँ रहेको छ । नेपाल स्टक एक्सचेन्जमा बैंकको सेयर मूल्य अधिकतम १८० रुपैयाँसम्म पुगेको छ ।
प्रतिक्रिया