काठमाडौं । काठमाडौं–दिल्ली प्लेनभाडा ४ गुणा घटेको छ । यात्राहरुको चाप घटेपछि हवाई कम्पनीहरुले काठमाडौं–दिल्लीको दुईतर्फी भाडा १३ हजार रुपैयाँसम्म झारेका छन् । यसअघि यो रुटमा हवाई भाडा ५१ हजार रुपैयाँसम्म पुगेको थियो । अहिले कायम भएको भाडा तीन वर्षयताकै सस्तो भएको ट्राभल एजेन्सीहरुले बताएका छन् ।
नेपाल वायु सेवा निगमले दिल्ली उडान बन्द गरेलगत्तै निजी विमान कम्पनीहरुले हवाई भाडा वृद्धी गरेका थिए । विमान कम्पनीहरुले मिलेमतोमा हवाई भाडा बढाउने र घटाउने गरेका छन् । यात्रुहरुको चाप बढ्वित्तीकै भाडा बढाउने र यात्रुहरु नभएपछि घटाउने गरेका छन् ।
अहिले काठमाडौं दिल्ली रुटमा एयर इन्डिया, जेट एयरवेज, स्पाईस जेट र इन्डिगोले सेवा दिदै आएका छन् ।
प्रतिक्रिया