काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नाफाबाट कम्पनीले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पुँजी बढाउनका लागि बोनस सेयर दिने निर्णय गरेको हो । नेको इनस्योरेन्ससँग मर्जर प्रक्रिया अवरुद्ध भएपछि प्रिमियर इनस्योन्सको बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुगेको छैन । सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय बीमा समिति र कम्पनीकै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।
सो कम्पनी निर्जीवन बीमा कम्पनी हो । निर्जीबन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
प्रिमियर इन्सुरेन्सले १४ प्रतिशत बोनस सेयर दिने
२०७१ पुष १६, बुधबार
प्रतिक्रिया