वि.सं. २०८२ जेष्ठ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषकलाई ५० प्रतिशत अनुदान दिने सरकारी तयारी

अर्थटुडे
२०७१ पुष १७, बिहीबार

काठमाडौं । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले कृषकलाई लागतको ५० प्रतिशतसम्म अनुदान दिन लागिएको जानकारी दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारणसभामा बोल्दै उनले कृषि आयातलाई न्युनिकरण गर्न स्थानीय उत्पादनलाई बढावा दिने सरकारको लक्ष्य बताए ।
कृषि मन्त्री पराजुलीले आफूले कृषि क्षेत्रमा पनि उल्लेख्य सुधार गर्न नसकेको बताए । उनले बजेट र नीतिमा राजनीतिक फाइदा खोज्ने परिस्थिती कायम रहेकोले आफूले सुधार गर्न नसकेको उल्लेख गरे ।

sana kisan krishi sahakari
कृषि सहकारीलाई ५० प्रतिशत अनुदान
मन्त्री पराजुलीले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारेको बताए । कृषि सहकारी क्षेत्रमा दुई करोड सम्म लगानी गर्नेले एक करोड अनुदान पाउने मन्त्री पराजुलीको भनाई छ । आगामी जुलाईदेखि अनुदान कार्यक्रम थालनी गरिने पनि उनले स्पष्ट गरे ।

मन्त्री पराजुलीले सहकारी क्षेत्र सहकारी मान्यता अनुसार नचल्दा सहकारी आन्दोलन नै समस्यामा परेको बताए । सहकारीको समस्या समाधानको लागि सहकारी ऐन २०४८ नै संसोधन गर्नुपर्ने आवश्यकता भएकाले सरकार र राष्ट बैंक समेत मिलेर सहकारी ऐन संसोधन गर्न लागि परेको मन्त्री पराजुलीले बताए ।

मन्त्री पराजुलीले पारिवारिक खेती दशकले कार्यक्रम प्रभावकारी गर्न सकिए जलवायु परिवर्तनको असरलाई कम गर्न सघाउ पुर्याउने जनाए । सरकारले चालु आर्थिक वर्षमा २३ अर्ब २८ करोड कृषि बजेट विनियोजन गरेको छ । विनियोजित वजेट मध्ये १३ अर्व सिधै कृषकको घरमा पु¥याउने सरकारको योजना रहेको बताए ।

यस्तै नेपाल राष्ट बैकका गभर्नर युवराज खतिवडाले कृषिको स्थायित्वको लागि कृषि विमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कृषि विमालाई गाउ गाउमा पुर्याउन नसके तर्फ इंगित गर्दै खतिवडाले सरोकारवलाहरु निकायले कृषि विमालाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।  राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी मार्फत कृषि कार्यक्रमलाई प्रभावकारी ढंगले बढाउन जरुरी रहेको बताए ।

यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानले उत्पादन गरेको कृषि उपज विक्रि वितरणका लागि बजारको समस्या रहेको बताए ।  उनले नीति निमार्ण तहमा वस्नेहरुको उदासिनताकै कारण किसानहरुले अपनत्व हुने कृषि वजार अहिलेसम्म वन्न नसकेको प्रति दुःख प्रकट गरे ।

कृषि सहकारी केन्द्रीय सहकारी संघले चितवनमा ३० करोड लगानीमा कृषि सहकारी तालिम केन्द्र निमार्ण गर्न लागेको बताउँदै यस पछि आम किसानहरुलाई व्यवसायिक स्थाईत्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साना किसान कृषि सहकारी संस्थाहरुको छाता संगठनका रुपमा २०६४ सालामा स्थापना भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आप्mना सदस्यहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न व्यवसायिक तथा रणनैतिक योजना बनाउन सहयोग पु¥याई गैर वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ ।

६५ जिल्लाका ६ सय १५ सदस्य संघसंस्थाहरुलाई आप्mनो सेवा प्रत्यक्ष रुपमा दिँदै आएको छ । संघमा सदस्य संस्थाहरुको कुल आन्तरिक पुँजी १३ अर्व भन्दा बढि रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ