काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै आयोगले पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्नेलाई तत्काल कारबाही गरि जनतालाई राहत दिन निर्देशन गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तीमा पेट्रोलियम पदार्थको अभावले व्यक्तिको आवत–जावतको अधिकार तथा दैनिक जीवनयापन प्रक्रियामा समेत गम्भीर असर परेको भन्दै सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराईएको छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन बिक्रेता तथा डिलरहरूको नियमित अनुगमन गर्नुपर्ने र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउन पनि विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया