वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमई नवौ वर्षमा प्रवेश

अर्थटुडे
२०७१ पुष १८, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंक नवौ बर्षमा प्रबेश गरेको छ । २०६३ पुस १८ गतेबाट संचालनमा आएको ग्लोबल बैंकले २०६९ असार २५ गते आइएमई फाइनान्स र लर्डबुद्ध फाइनान्सलाई गाभेर ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु गरेको थियो भने पछिल्लो चरणमा सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक र कर्मज एण्ड ट्रष्ट बैंकसँलाई आफूसँग गाभेको थियो ।global-ime-bankबैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत गत बर्ष निःसहाय सेवा सदन (बृद्धाश्रम) शान्तिनगरलाई ८ लाख ३२ हजार ५ सय २१ रुपैयाा सहयोग गरेको थियो । यो वर्ष मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट पिडितलाई सहयोग स्वरुप पधानमन्त्री दैविप्रकोप उद्धार कोषलाई आइएमई गुप्रसंगको सहकार्यमा २० लाख रुपौया प्रदान गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाषिकोत्सवको उपलक्ष्यमा बैंकले शुक्रबार कान्तिपथ शाखामा रक्तदान कार्यक्रका आयोजना गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देयले शनिबार राजधानीसहित राजधानी बाहिरका बिभिन्न सहरहरुमा बचत गराौ भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।

हाल ५ अर्ब १ करोड चुक्ता पूजी रहेको बैंकले ५५ अर्व रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्व कर्जा प्रवाह गरेको छ । बैंकको ८४ शाखा, ८५ एटिएम र ३१ शाखा रहित बैंकिङ्ग सेवामार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ