काठमाडौं । आईएलएफसी माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधरणका लागि छुट्याएको २ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर छिट्टै ल्याउने भएको छ ।
कम्पनीको तेस्रो बार्षिक साधारणसभामा सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत साधारण सेयर चाँडै निस्कासन गर्ने जनाएको हो । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित यस संस्थाको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ ।
संस्थाको कूल सदस्य दुई हजार ३८७, लगानीमा रहिरहेको ऋण रकम ८ करोड २० लाख १४ हजार ६१८ छ । कर्जाबाट ब्याज आम्दानी ४९ लाख ७६ हजार रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया