वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलाइन्सको नाम प्रभु इस्योरेन्स, सेयरधनीलाई १२ % बोनस सेयर

अर्थटुडे
२०७१ पुष १९, शनिबार

alaiance

काठमाडौं । एलाइन्स इन्स्योरेन्सको साधारणसभाले नाम परिवर्तन गरी प्रभु इन्स्योरेन्स बनाउने निर्णय गरेको छ । यसैगरी सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २९ करोड ३८ लाख पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले गत आवमा ६३ करोड २७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी चालु आवको मंसिर मसान्तसम्ममा २८ करोड ४१ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ