वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तकोशी बैंकले ४ करोडको सेयर निष्काशन गर्दै

अर्थटुडे
२०७१ पुष २०, आईतवार

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकले ४ करोड रूपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । मोरङको टंकीसिनवारीमा केन्द्रीय कार्यालय रहेको बैंकले सर्वसाधारणलाई छुट्याएको सेयर माघभित्र जारी गर्ने तयारी भइरहेको बैंकका अध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

Saptakoshi dev bankमोरङमा केन्द्रीय कार्यालय रहेको बैंकले आर्थिक वर्ष २०७०\७१ मा बैंकले ४५ लाख ७४ हजार सञ्चालन नाफा गरेको छ । उक्त अवधिसम्ममा बैंकले २३ करोड २२ लाख रूपैयाँ निक्षेप संकलन गरी २१ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले आगामी आ.व.मा स्वीकृत कार्यक्षेत्रका ग्रामीण, पहाडी तथा सहरोन्मुख क्षेत्रमा ४ वटा शाखा विस्तार गरी एसएमएस तथा इन्टरनेट बैंकिङ्ग र एटीएमसमेत सञ्चालनमा ल्याउने लक्ष्य राखेको अध्यक्ष निरौलाले जानकारी दिए ।

बैंकले मोरङ, इलाम र पाँचथरका विभिन्न स्थानबाट वित्तीय सेवा पु¥याउँदै आएको छ । ग्राहकहरूको सुविधाका लागि बैंकले इलेक्ट्रोनिक चेक क्लियरीङ्ग, एनएमबी बैंक तथा रिलायवल डेभलपमेन्ट बैंकको कुनै पनि शाखा कार्यालयहरूबाट चेक साट्ने र खातामा रकम जम्मा गर्नेलगायत सुविधा दिदै आएको बैंकका कार्यकारी प्रमुख तथा कम्पनी सचिव नविन सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ