वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सजिलो छैन सेयर धितो कर्जा लिन, बैंकहरुको हल्ला मात्रै बढी

अर्थटुडे
२०७१ पुष २०, आईतवार

काठमाडौं । हालै मात्र मेगा बैंकले साढे ८ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने घोषणा गर्र्यो । तामझामका साथ प्रचारप्रसार गरिएपनि मेगा बैंकको यो कर्जा योजना प्रचारजतिको सहज नभएको लगानीकर्ता बताउछन् । मेगाजस्तै अरु बाणिज्य बैंहरुले ल्याएको पनि सेयर धितो कर्जा सरल नभएको लगानीकर्ता गुनासो गर्छन । बाणिज्य बैंकहरुले धितोमा सिमित कम्पनीको सेयर मात्र स्विकार गर्ने र न्युन मूल्यांकनमा लगानी गर्ने भएकाले प्रभावकारी नभएको लगानीकर्ताको भनाई छ ।

personal-loan-300x300“अहिले बजारमा आकर्षक मानिएको चिलिमेको सेयर धितो राखेर पनि मेगाले कर्जा दिएन” एक लगानीकर्ताले भने, “मेगाको त हल्ला मात्र बढी रहेछ ।” मेगाले ८ वटा वाणिज्य बैंकको सेयर मात्र धितोमा स्विकार गर्ने उनले बताए ।

अहिले सबैभन्दा कम सनराईज बैंकले ७.९९ प्रतिशत व्याजदरमै सेयर कर्जामा लगानी गरिरहेको छ । ३\४ महिनाअघिसम्म सेयर धितो कर्जामा औशत १० प्रतिशत व्याजदर रहेकोमा हाल औशत ८ प्रतिशतमा बाणिज्य बैंकहरुले लगानी गरिरहेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले पनि औशतमा १० प्रतिशत व्याजदरमा लगानी गरिरहेका छन् ।

यसैगरी सेयर धितो कर्जा दिने केही सिमिति कम्पनीको सेयर धितो स्विकार गर्ने भएकाले प्रभावकारी नभएको लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी डिम्याट सेयर धितोमा कर्जा लगानीमा अझै अन्यौल रहेको तथा सेयर बजार घट्दो क्रममा रहेकाले लगानी गर्न डराईरहेका छन् । उनीहरुले सुरक्षित मानिएको कम्पनीको सेयर धितोमा मात्र कर्जा दिइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ