वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक सहमति हुने आशमा सेयर बजार दोहोरो अंकले बढ्यो

अर्थटुडे
२०७१ पुष २०, आईतवार

काठमाडौं । राजनीतिक दलहरुबिच सहमतिको आशमा सेयर बजारमा आईतबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार १३.८२ अंकले बढेर ९१७.५ अंकमा पुगेको छ । यसैगरी कारोबार रकम समेत बृद्वी भई २६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

chart
आईतबार कारोबार सुरु भएदेखि नै बजार उकालो लाग्न थालेको थियो । कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेपछि समुहगत परिसुचकहरु पनि उकालो लागेको छ । होटल र अन्य समूह घटेपनि बाकी सबै समुहगत परिसुचक बढेका छन् । मर्जपछि पहिलोपल्ट शेयर कारोबार खुलेको प्रभु बैंकको शेयर १० प्रतिशतले बढेर २२७ रुपैयाँमा रोकिएको छ ।

आईतबार एक सय २७ कम्पनीको ५ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस दिन मालिका बिकास बैंक, सहारा बिकास बैंक, नयाँ नेपाल लघुवित्तलगायतका कम्पनीका शेयर मूल्य झण्डै १० प्रतिशतले बढे । एभरेष्ट बैंक लगायतका कम्पनीका ठूला कित्ता शेयर कारोबार भएकाले बजारमा ठूला लगानीकर्ताको चहलपहल पनि देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ