वि.सं. २०८१ फाल्गुन ६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुले लगानी बढाउन सकेनन्, तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट १० अर्व खिच्ने

अर्थटुडे
२०७१ पुष २२, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेपछि बजारमा रहेको अधिक तरलता (लगानीयोग्य) पुँजी भएपछि राष्ट्र बैंकले बजारबाट १० अर्व रुपैयाँ खिच्ने भएको छ । बोलकबोल प्रणालीबाट निक्षेप संकलन गर्नका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव मागेको छ । कम व्याजदरमा प्रस्ताव पेश गर्ने बैंकबाट केन्द्रीय बैंकले पैसा लिनेछ । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जा लगानी नभएपछि बजारमा अहिले ४२ अर्व रुपैयाँ तरलता रहेको छ ।

nepal rastra bank

प्रवक्ता मनमोहन कुमार श्रेष्ठले राष्ट्र बैकले भदौमा बैंकहरुबाट लिएको निक्षेप पनि अवधि समाप्त भई बजारमा गएको र दशैपछि बैंकिङ च्यानलमा पैसा फर्किई बजारमा अधिक तरलता भएकाले निक्षेप उठाउन लागेको जानकारी दिए ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अधिक तरलता व्यवस्थापन गर्न निक्षेप उठाउने उपकरण घोषणा गरेको थियो । यस उपकरण अन्र्तगत यसअघि बजारबाट ४० अर्व रुपैयाँ उठाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ