वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्लिन भिलेज माईक्रोफाइनान्सको १ करोड २० लाख बराबरको साधारण सेयर आउदै

अर्थटुडे
२०७१ पुष २२, मंगलवार

काठमाडौं । क्लिन भिलेज माईक्रोफाइनान्सले १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । सेयरको निश्काशन तथा बिक्री प्रवन्धकको रुपमा कम्पनीले एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
क्लिन भिलेजका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौतामा हस्ताक्षर गरे ।

cleen village microfinance
क्लिन इनर्जि डेभलपमेन्ट बैंकको सहायक कम्पनीका रुपमा क्लिन भिलेज माईक्रोफाइनान्स खुलेको हो । ४ करोड चुक्ता पुँजी भएको कम्पनीमा बैंकको ५१ प्रतिशत सेयर छ । पोखरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाइनान्सले २२ शाखाबाट २७ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ