काठमाडौं । ठूला लगानीकर्ताको नामले परिचित निर्मल प्रधानले गोर्खा बिकास बैंकको सेयर किनेका छन् । बैंकको १ लाख १९ हजार ६ सय ११ कित्ता सेयर हारती इन्मेष्टमेटबाट मंगलबार प्रधानले २९ लाख ९० हजार रुपैयाँमा किनेका हुन् ।
लामो समयदेखि राष्ट्र बैंकको नियन्त्रणमा रहेको सो बैंकको सेयर मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको छ । गोर्खा बिकास बैंकको शेयर मूल्य समायोजन भई किताबी मूल्य कायम गरिएपछि शेयर किनबेच खोलेर पहिलो मंगलबार कारोबार भएको हो ।
यस दिन बैंकको प्रति सेयर २५ रुपैयाँमा कारोबार खुलेको हो । गोर्खाका प्रबद्र्दकहरु निर्मल गुरुङ, डीबी बम्जन र राकेश अडुकियावीचको झगडा भएपछि बैंक समस्याग्रस्त भएको थियो । बैंकमा समस्या आएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया