वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई दिनदेखि राष्ट्र बैंकको वेवसाईट खुलेन

अर्थटुडे
२०७१ पुष २२, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको वेवसाईट दुई दिनदेखि खुलेको छैन । बैंकको वेबसाईट www.nrb.org.np सोमबारदेखि अबरुद्ध भएको हो । 

मुलुककै केन्द्रीय बैंकको वेवसाईट नखुल्दा लाखौ सर्वसाधारण तथा सरोकारवाला निकायहरु प्रभावित भएका छन् । उनीहरुले आफुलाई आवश्यक सुचना तथा जानकारी लिन नपाएको गुनासो गरेका छन् ।

NRB_web
राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले प्राविधिक समस्या देखिएको र यसलाई समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई दिईएका निर्देशन र नीतिगत विषयहरु यही वेवसाईटमा राखिएका छन् । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ