काठमाडौं । बुधबार नेप्से परिसुचक ७.१३ अंकले बढेर ९२४.५४ अंकमा पुगेको छ । यो दिन सबै समुहगत परिसुचकहरु समेत बढेको छ । यसदिन सवैभन्दा बढी बीमा समूहको ४५.३५ जलविद्युत समूहको ३६.३७ र होटल समूहको २०.३५ अंकले बढेको छ ।
त्यस्तै बाणिज्य बैंकको ३.४८, विकास बैंकको ८.४७ , वित्त कम्पनीको २ , उत्पादनमूलकको १०.२५ र अन्य समूहको सूचक ८.२२ अंकले बढेको छ ।
२६ करोड रुपैयाँ बरबरको ६ लाख २९ हजार कित्ता सेयर कारोबार भएको यसदिन १ सय ३७ कम्पनीको कारोबार भएको छ । बुधबार प्रभू बैंकको मात्र ५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार बन्द हुँदा यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ सय ७१ रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया