काठमाडौं । उर्जा मन्त्री राधा ज्ञवालीले अरुण तेस्रो जलविद्यतु आयोजना संचालनमा समस्या खडा नगर्न आग्रह गरेकी छिन् । सखुवा सभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन (एसकाज)द्वारा बुधबार राजधानीमा आयोजित अरुण तेस्रो जलविद्युत् आयोजनाः सरोकार र चुनौती अन्तरक्रियामा बोल्दै उनले स्थानीयवासीका सानातिना समस्या भए त्यसलाई राज्य र आयोजना सञ्चालकले समाधान उल्लेख गर्ने भएकोले ठूला आयोजना सञ्चालनमा समस्या नगर्न आग्रह गरेकी हुन् ।
‘ एउटा प्रक्रिया अघि बढेपछि त्यसमा समस्या खडा गर्न थाल्यो भने लगानीकर्ता आउदैनन् ,त्यसैले सानातिना समस्या देखाएर विकास रोक्नु हुदैन ’ उनले भनिन् । उनले स्थानीयका अधिकार पनि सम्बोधन गर्ने र मुलुकलाई फाइदा पनि हु्ने ढंगले आयोजना संचालन हुने बताईन् ।
‘विद्युत् संकटकाल लगाएर भए पनि ठूलो आयोजनाहरु संचालन हुने वातावरण बनाउनुपर्छ’ उनले भने,‘अरुण तेस्रो आयोजना संञ्चालनमा पनि स्थानीयले पनि र मुलुकले पनि अधिकतम फाइदा पाउनुपर्छ ।’ विगतमा विभिन्न कारणले आयोजना रोकिए पनि अब राजनीतिक वातावरण ठिक रहेकाले अन्य क्षेत्रबाट पनि यसमा अवरोध आउन नहुनेमा उनको जोड थियो ।
सभासद् तारामान गुरुङले पनि आयोजना सञ्चालनमा स्थानीय जनताको चासोलाई सम्बोधन गरेर जानुपर्ने बताए । ‘आयोजना संचालन भएपछि जनताले आफ्नो गुनासो गर्नुपर्ने अवस्था आउन दिनुहुदैन’ सभासद् गुरुङले भने ,‘सबै जनताले हामी अरुणको मालिक हौं भन्ने वातावरण हुनुप¥यो ।’
अन्तरक्रिया कार्यक्रममा विद्यतु विकास विभागका महानिर्देशक दिनेश घिमिरेले भारतसँग गरेको पिडिएमा केही समस्या आए त्यहीबाट समाधान गर्ने प्रावधान रहेको बताए । ८० लाख कित्ता शेयर विरतण हुने र त्यसबाट स्थानीयवासी लाभान्वित हुने उनले जानकारी दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जलस्रोतविद् डा बलबहादुर पराजुलीले आयोजना सञ्चालन सम्बन्धि पिडिएको दस्तावेज सार्वजनिक नभएकोमो चासो राखेका थिए । उनले आयोजना संञ्चालन हुने क्षेत्रका वासिन्दाले आफ्नो सरोकारको कुरा गर्दा विरोधीको रुपमा नबुझ्न सरोकारवालाको ध्यानाकर्षण गराए ।
स्थानीय रोजगारीलाई विषेश प्राथमिकता दिने र झण्डै ७ हजारले प्रत्यक्ष रोजगारी पाउने भनिएकोमा त्यसबारे के तयारी भइरहेको छ भन्दै उनले आयोजना संञ्चालकसग प्रश्न गरे ।
लगानी बोर्डमा उपसचिव खगेन्द्र रिजाललले पिडिएको दस्तावेजमा गोप्य राख्नुपर्ने कुनै प्रावधान नरहेको तर प्राविधिक कारणले केही ढिला भएको जानकारी दिए ।
प्रतिक्रिया