काठमाडौं । एनवी इन्सुरेन्सको सेयर विहिबार सेयरधनीका नाममा नामसारी भएको छ । लामो समयदेखि बन्द रहेको एनवी इन्स्योरेन्सको सेयर आइएमई समूहका सदस्य तथा सस्थाहरुको नाममा नामसारी भएको हो ।
आइएमई समूहको ४५.५ प्रतिशत सेयर रहेको छ । सो इन्सुरेन्स कम्पनीले ११ लाख ३६ हजार संस्थागत सेयरमध्ये ६ लाख ४६ हजार कित्ता सेयर नामसारी गरेको हो ।
समूहले एनबी बैंकको स्वामित्वमा रहेको ६ लाख ४२ हजार ५ सय कित्तामध्ये ५ लाख कित्ता सेयर खरीद गरेको हो । साथै एनसिसी बैंकको स्वामित्वमा रहेको एक लाख ४६ हजार कित्ता सेयर पनि खरीद गरेको हो ।
समूहले प्रति कित्ता ८१ रुपैयाँ ५० पैसाका दरले सेयर खरीद गरेको हो । सेयर खरिद गर्दा बोलकवोल मार्फत गरिएको हो । समूहले कम्पनीको संस्थागत सेयरहरु खरीद गरेको हो ।
सुरुमा उपेन्द्र महतोको समूहले ७२ रुपैयाँ प्रति कित्तामा विड गरेको थियो तर आईमई समूहले भने ५७ रुपैयाँ मात्र राखेर विड गरेको थियो । सो विड अनुसार स्वतः महतोले पाउने भएपछि ग्लोवल आइएमई समूहले महतोसँग नेको इन्सुरेन्स रहेको र आफ्नो समूहसँग कुनै इन्सुरेन्स कम्पनी नभएकोले महतोलाई आफूहरुलाई छोडिदिन आग्रह गरेको थियो । पछि आइएमई समूहले ८१ रुपैयाँ ५० पैसामा विड गरेपछि आइएमईले सो कम्पनीको सेयर पाएको हो ।
सो इन्सुरेन्सको सेयरको अंकित मूल्य भने एक सय रुपैयाँ हो । एनबी इन्स्योरेन्सको कुल सेयर संख्या १४ लाख २० हजार छ । यसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण लगानीकर्ताको हो ।
कम्पनीमा आइएमई समूहवाहेक एनबी बैंकको १० प्रतिशत र बाँकी सेयर स्वामित्व एनबी ग्रुपका प्रवद्र्धकहरु लक्ष्मीवहादुर श्रेष्ठ र जितवहादुर श्रेष्ठको हुने छ ।
कम्पनीको एनबी समूहअन्तर्गतको साङ्ग्रिला इन्भेष्टमेन्टको आठ हजार ६२ कित्ता, एनबी ग्रुप नेपालको एक लाख ५५ हजार, एनबी इन्टरनेशनलको एक लाख कित्ता, वालाजी इन्टरनेशनलको आठ हजार किक्ता, जितवहादुर श्रेष्ठको २५ हजार कित्ता र लक्ष्मीवहादुर श्रेष्ठको ९८ हजार कित्ता सेयर रहेको एनवी इन्सुरेन्सका एक बरिष्ठ कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया