वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ओरालोतिर, बाणिज्य बैंकले बेचेको इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको पनि कारोबार

अर्थटुडे
२०७१ पुष २७, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक २.६४ अंकले घटेर ९२८ अंकमा अडिएको छ । यसदिन बैकिङ, फाइनान्स र अन्य समूहको परिसुचक बाहेक सवै बढेको छ ।

आइतबार सवैभन्दा बढी ४० अंकले विमा समूहको परिसुचक बढेको छ । नेसनल लाइफ इन्सुरेन्स कम्पनीको सवैभन्दा बढी २ करोड ८६ लाख बराबरको सेयर विक्रि भएको छ भने नेपाल लाइफ इन्सुरेन्स,सानिमा माइ हाइड्रो पावर, प्रभु बैंक प्रमोटर सेयर,ग्राण्ड बैंक नेपाल र प्रभु बैंकको सेयर एक करोड भन्दा बढी कारोबार भएको छ ।

यस दिन २८ करोड १८ लाख रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर किनवेच भएको छ । इन्भेष्टमेन्ट बैंकको पाँच हजार दुई सय कित्ता संस्थापक सेयर किनबेच भएका छन् । यो सेयर राष्ट्रिय बाणिज्य बैंकले बोलकबोलमा बिक्री गरेको सेयर हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ