वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर कानुन लागु भएपछिका परिवर्तनहरुलाई समेट्नेगरी पुनरावलोकन आवश्यक छः डा.खड्का

अर्थटुडे
२०७१ पुष २७, आईतवार

काठमाडौं । उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगका अध्यक्ष रुपबहादुर खड्काले वर्तमान कर कानुनहरु लागू भए पश्चातका परिवर्तनहरुलाई समेट्नेगरी पुनरावलोकन आवश्यक रहेको बताए । pokhara 4
नेपालको कर प्रणालीको प्रतिफल पनि राम्रो रहेको बताउँदै करदाताको कर सहभागिता बढाउनका लागि कर प्रणालीलाई सरल र सहज बनाएको खण्डमा ४० प्रतिशत जनता करको दायरामा आउछन् भन्ने सर्वमान्य सिद्धान्त रहेको बताए ।

शनिबार आयोगले नेपाल उद्योग वाणिज्य संघ कास्की र नेपाल उद्योग वाणिज्य संघ दमौलीमा छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम गर्ने क्रममा खड्काले आर्थिक विकासमा निजी क्षेत्रको विशेष भूमिका हुने भएकाले त्यसलाई अध्ययन गरेर प्रतिवेदन पेश गरिने समेत बताए । उनले देश संघीयतामा जान लागेकाले करको संरचनामा पनि परिवर्तन हुने बताए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले पुस मसान्तसम्म व्यवसायीका लागि विभिन्न स्किमको व्यवस्था भएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्दै अहिले सुखको समय छ यदि स्किमको सदुपयोग नगरे दुःखको समय आउने छ भने ।

कार्यक्रममा आयोगका सदस्य माधव ढकालले आयकर ऐन र मूल्य अभिवृद्धि कर लागू भएको लामो समय वितिसकेकाले अर्थतन्त्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै कर प्रणालीलाई सुधार गर्नको लागि आयोगले म्याण्डेट पाएकोले त्यसै अनुसार सुझाव दिने बताए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले व्यवसायीले एकातिर राज्यलाई किन कर तिर्ने भन्ने अर्कोतिर विकास किन भएन भन्ने विवादास्प विषय उठाउने गरेकाले हामी करदाता हौं कर तिर्नु मेरो भविष्यको लगानी हो भनेर सोच्न आग्रह समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले कर प्रशासनले करको दायरामा आएका व्यवसायीलाई आफ्नो निर्धारित लक्ष्य पूरा गर्नकै लागि करकाप पार्ने काम गर्न नहुने बताउँदै ्करको दायरामा नआएका व्यवसायीलाई दायरामा ल्याउने विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा कर सप्ताह २०७१ को अवसरमा उत्कृष्ट घोषित भएका करदाताहरु क्रमशः मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड, सांग्रिला भिलेज रिसोर्ट प्रा. लि. फेवासिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि., कुश ट्रेडर्स, कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक लि. रहेका छन् ।

त्यसैगरी उत्कृष्ट हुनेहरुमा हाम्रो पसल सेन्टर, प्रधान ब्रदर्स, पर्वत आयल डिष्टिव्युटर्स, वेष्ट पोईन्ट एजुकेशन फाउण्डेसन म्याग्दी प्रा. लि., मदरल्याण्ड एकेडेमी कास्की प्रा. लि., डा. आनन्द बहादुर श्रेष्ठ, नेपाल हवाई खेलकुद संस्था र उत्कृष्ट कर्मचारीमा ना.सु हेमराज पोख्रेललाई सम्मान गरिएको थियो । त्यसैगरी दमौलीमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय दमौली अन्तर्गतका अकलादेवी ट्रेडर्स र सूर्य ब्लेन्डरलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ