काठमाडौं । व्यवस्थापन लिएको एच एण्ड बी डेभलपमेन्ट बैंकको निक्षेप सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्थापनले आईतबार विज्ञप्ती जारी गर्दै ढुक्क रहन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
‘नेपाल राष्ट्र बैंकले एच एन्ड बीलाई समस्याग्रस्त घोषणा नगरेकोले सम्पूर्ण निक्षेपकर्तालगायत सरोकारवाला सर्वसाधारणहरु आत्तिनु पर्ने अवस्था नभएको व्यहोरा जानकारी गराउँछौं’ नयाँ व्यवस्थापनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
राष्ट्र बैंकले जेठ १४ गते बैंकको तत्कालीन सञ्चालक समिति र व्यवस्थापन भंग गरी उप(निर्देशक ज्ञानुकृष्ण अधिकारीको संयोजकत्वमा उप निर्देशक विष्णुमणी गौतम र सहायक निर्देशक हेमराज अधिकारीलाई बैंकको सुधारका लागि पठाएको थियो ।
बैंकको कुलेश्वर शाखाबाट १० महिनाअघि भएको ‘गुड फर पेमेन्ट’ भुक्तानी काण्डको वास्तविकता जाँचबुझको कार्य अघि बढाइसकेको नयाँ व्यवस्थापनले जनाएको छ । बैंकमा साढे ८२ करोड रुपैयाँ बराबरको गुड फर पेमेन्ट काण्ड भएको थियो ।
प्रतिक्रिया