वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विराटलक्ष्मी बैंकले ४५ प्रतिशत बोनस सेयर दिने, आरएमडिसीले पनि ३१.५८ प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७१ पुष २८, सोमबार

काठमाडौं । विराटलक्ष्मी विकास बैंकले आफ्नो साधारणसभाबाट ४५ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी साधारणसभाले ८ जना सञ्चालक पनि निर्विरोध चयन गरेको छ ।

नयाँ सञ्चालकहरुमा संस्थापक समुहबाट ६ जना र सर्वसाधारण समुहबाट २ जना रहेका छन् । संस्थापक समुहबाट संचालक चयन हुनेमा शालिग्राम दाहाल, प्रभुप्रसाद पराजुली, माधवप्रसाद कोइराला, श्यामसुन्दर उदास, ठाकुरप्रसाद उपाध्याय र फणिन्द्र आचार्य रहेका छन् । सर्वसाधारण समुहबाट बद्रीप्रसाद प्याकुरेल र इन्द्रबहादुर भुजेल चुनिएका छन् ।

त्यसैगरी रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) को १६ औ बार्षिक साधारणसभाले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र २१.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको हो ।

आरएमडीसी नेपालमा लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई थोक ऋण प्रदान गर्न २०५५ मा आरएमडिसी स्थापना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ