वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्यातलाई प्रोत्साहन दिने तयारी भैरहेको छ: अर्थमन्त्री डा.महत

अर्थटुडे
२०७१ पुष २८, सोमबार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आयातको तुलनामा निर्यातको स्थिति कमजोर भएकोले निर्यात बढाउन सरकारले गृहकार्य गरिरहेको बताएका छन् । IMG_0985 (1)अर्थमन्त्रालयमा तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भेट्ने क्रममा उनले भने– सरकारले सुविधा तथा प्रोत्साहनका कार्यक्रमहरु उपलब्ध गराउँदा यसरी निर्यात बृद्धि हुनेछ भन्ने लक्ष्यसहित आउनुहोस, सरकार जस्तोसुकै सहयोग गर्न तयार छ ।

निर्यात बृद्धिका लागि सरकार उदार छ उनले भने –निर्यात बढाउनका लागि सरकार नगद प्रोत्साहनसहित अन्य सुविधाहरु पनि दिन तयार छ । उनले तयारी पोशाक उद्योगको स्तरोन्नति गर्न, बढीभन्दा बढी स्थानीय भ्यालु एड हुने काम गर्न र आजको तुलनामा थप हुने निर्यातमा प्रोत्साहनका प्याकेज ल्याउने तयारी भैरहेको जानकारी दिए ।

जीएसपी सुविधाका लागि अमेरिकासँग कुरा गरिने बताउँदै उनले आगामी फेब्रुअरीमा हुने भारतसँगको व्यापार वार्तामा पनि तयारी पोशाकका बारेमा कुरा राखिने जानकारी दिए । सो अवसरमा निर्यात बृद्धिका लागि वाणिज्य मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अध्ययन गर्न आफूले भनिसकेको पनि उनले जानकारी दिए ।

सो अवसरमा संघका पदाधिकारीहरुले उर्जा, कर्जा र प्रोत्साहनको व्यवस्था गरिदिन अर्थमन्त्रीसँग आग्रह गरेका थिए । अर्थमन्त्री डा महतले अहिलेको अनुमान अनुसार आगामी तीन वर्षभित्रमा बिजुली बत्तीको अभाव भोग्नु नपर्ने आश्वासन पनि दिएका थिए ।

तयारी पोशाक व्यवसायीहरुले साढे ४ प्रतिशत ब्याजमा पाइरहेको निर्यात कर्जा अल्पकालिन नभएर दीर्घकालिन हुनुपर्ने माग गरेका थिए । उनीहरुले निर्यातमा नगद प्रोत्साहन, सहुलियत दरको व्याजमा कर्जा प्राप्ति, निर्यातमा केही सरकारी पहल हुने र पूर्वाधार विकासमा केही प्रोत्साहन दिने हो भने आगामी तीन बर्षमा तयारी पोशाक निर्यात दोब्बर गर्न सकिने प्रतिवद्धता जनाएका थिए ।

संघका अध्यक्ष चण्डीप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा तयारी पोशाक क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा मन्त्रालयका सहसचिव राजन खनाल तथा अन्य कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ